४ कात्तिक, काठमाडौं । गायक तथा मोडल दुर्गेश थापालाई प्रहरीले बोलाएको छ ।

‘ह्याप्पी तिहार’ बोलको गीतको विषयमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु प्रहरीले उनलाई छलफलका लागि बोलाएको छ । गीतमा नकारात्मकता फैलाउन खोजियो भनी जिल्ला प्रशासन कार्यालयमा उजुरी परेसँगै, प्रशासानले प्रहरीलाई बुझ्न लगाएको थियो ।

यो पनि पढ्नुहोस्ः विवादमा दुर्गेश थापा, दुई वर्ष जेल पर्नसक्ने

गीतले तिहार र देउसीको भावनामा ठेस पुर्‍‍याएको भन्दै जिप्रकामा उजुरी परेको हो । प्रशासन कार्यालयले उजुरीकर्ताको नाम खुलाएको छैन । यसअघि ‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट दुर्गेशले लोकप्रियता कमाएका थिए । त्यसपछि उनले ‘छ माया छपक्कै’ मा गाएको प्रवर्द्धनात्मक पनि विवादमा परेको थियो । पछिल्लो विवादले भने दुर्गेशलाई प्रहरीमै पुर्‍याउने भएको छ ।

दुर्गेस थापाको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत सार्वजनिक गरिएको थियो । आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको भिडियोपछि उनको छिट्टै चर्चा र आलोचना भयो ।