१३ भदौ, एजेन्सी । हिन्दु धर्ममा हरितालिका तीजको व्रतलाई एकदमै महत्व दिएको पाइन्छ । यो समयमा बिवाहित महिलाहरु पतिको लामो उमेरको कामना गर्छन् भने अबिवाहित महिलाहरुले असल पति पाउँ भनि कामना गर्छन् । यो वर्ष हरितालिका तीजको व्रत सोमबार परेको छ । आज हामी तपाईंहरुलाई तीजको व्रतको दिन के कस्ता कामहरु गर्नुहुँदैन भन्नेबारेमा जानकारी दिनेछौँ ।

–हरितालिका तीजको व्रत शुरु गरिसकेपछि त्यसलाई बीचमा छोड्नुहुँदैन । यसरी बीचमा छोड्नुपर्ने अवस्था आएमा विशेष पुजा गरेर मात्र छोड्नुपर्छ ।
–हरितालिका तीजको व्रतमा दुध पिउनु अशुभ मानिन्छ । यदि त्यसो गरेमा त्यस्ता महिलाहरु अर्को जन्ममा सर्पको बच्चा भएर जन्मने बताइएको छ ।
–तीजको व्रतमा महिलाहरु रिसाउनु नहुने धार्मिक मान्यता छ । व्रतमा रिसाउनु अशुभ मानिन्छ । महिलाहरुले यो दिन भगवान शिव र माता पार्वतीको मनबाटै आराधना गर्नुपर्छ ।
–व्रत बसेको दिन महिलाहरु रातभरी जागराम बसेर भगवान शिवको आराधना गर्नुपर्छ । व्रतको समयमा महिलाहरुले निदाउनु हुँदैन ।
–यो दिन महिलाहरुले खाना मात्र नभएर पानी नखाई व्रत बस्नुपर्ने धार्मिक मान्यता छ । महिलाहरुले भुलेर पनि पानी खानुहुँदैन । यद्यपि आफ्नो स्वास्थ्यअनुसारको व्रत बस्नुपर्छ ।
–घरमा रहेका सबै महिलाहरुले व्रत बसेका हुन्छन् भन्ने छैन । व्रतका दिन मासु वा मदिराको सेवन गर्नुहुँदैन ।