काठमाडौं, २ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दिप लामिछाने अचानक धुलीमैदानमा क्रिकेट खेलिरहेका भेटिए ।

हालसालै इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट खेलेर फर्किएका सन्दिप विभिन्न कामका सिलसिलामा काठमाडौंमै छन् । बिहीबार उनी अचानक तीनकुनेको चौरमा क्रिकेट खेलिरहेका भेटिए । उनी त्यहि बाटो हुँदै कतै जाँदै थिए । केही युवाहरुले तीनकुने चोकमा क्रिकेट खेलिरहेको देखेपछि उनले आफ्नो बाल्यकाल सम्झिए र क्रिकेट खेल्न पुगे ।

‘तीनकुने चौरमा केही युवाहरुले क्रिकेट खेलिरहेको देखेर मैले मेरो बाल्यकाल सम्झिएँ जतिबेला हामी टेनिस बलको क्रिकेट खेल्थ्यौं, ट्वीट गर्दै सन्दिपले भनेका छन्, त्यसैले मैले त्यहाँ गएर क्रिकेट खेलेर रमाइलो गरे, एक विकेट पनि लिए र केही रन पनि बनाएँ ।’