११ भदौ, काठमाडौं । नेपाल सरकारका पूर्वसचिव श्यामप्रसाद मैनालीले नेपालमा तीनजना बाहेक अरु सबै प्रधानमन्त्री भ्रष्ट रहेको बताएका छन् । एक टेलिभिजन कार्यक्रमलाई दिइएको अतर्वार्तामा पूर्वसचिव मैनालीले बहुदलपछि नेपालमा भ्रष्टाचार मौलाएको दाबी गरे ।

भ्रष्टाचारमा शुन्यसहनशीलता भन्ने प्रधानमन्त्री केपी ओलीले सबैभन्दा पहिला प्रधानमन्त्रीलाई भष्ट्राचारको आरोपमा ट्रायल गर्न पाउनुपर्ने ऐन ल्याउनुपर्ने तर्क गरे । पूर्वसचिव मैनालीले मिलिजुली खाने विषयमा संसद्मा रहेका सत्ताधारी र प्रतिपक्ष एकआपसमा मिलेको देश समृद्धतर्फ अघि नबढेको बताए ।

२०४६ सालपछि अहिलेसम्म देशलाई ५–७ जनाले मात्र चलाईरहेका बताउँदै पूर्वसचिव मैनालीले यीनीहरु कुनैपनि भ्रष्टाचारबाट चोखा नभएको उल्लेख गर्नुभयो । ‘अहिलेसम्म भएका प्रधानमन्त्रीमध्ये मैले पाएको तीनवटा प्रधानमन्त्री चोखा हुन्,’ उनले भने, ‘एक कृष्णप्रसाद भट्टराई हुन्, दोश्रो शुशील कोइराला उहाँले आफैँले घुस खानुभएन र अर्को भनेको मनमोहन भट्टराई हो ।’

तीनजनाले घुस नखाएता पनि आफ्नो वरिपरि भएको भ्रष्टचारलाई भने नियन्त्रण गर्न नसकेको मैनालीको भनाइ छ । ‘पछिल्लो समय कर्मचारीहरुलाई मात्र समातिएको छ, यसले भ्रष्टाचारको अन्त्य कहिल्यै पनि हुँदैन,’ उनले भने, ‘ठूला माछा नसमाउनु भनेर देशको कानुनले नै भनेको छ ।’