३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय तोकिएको समयभन्दा तीन घण्टा अगावै बसेको छ । यसअघि तीनपटक स्थगित गरिएको नेकपाको सचिवालय बैठक शुक्रबार १२ बजे अगावै शुरु भएको हो ।

बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बैठक शुक्रबार दिउँसो ३ बजेका लागि सारिएको थियो । तर समय व्यवस्थापन गर्नुपर्ने भएकाले ११ बजेदेखि नै बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा पार्टीभित्र लामो समयदेखि कुरा मिल्न नसकेका विभागहरु गठनको विषयमा छलफल हुनेछ । नेकपामा मुख्य रुपमा स्कुल विभागमा धेरै नेताहरुको दाबी रहेका कारण कुरा मिल्न सकिरहेको छैन ।