९ असोज, काठमाडौं । तीन दिनदेखि लगातार बढेको सुनको मूल्य बिहिबार घटेको छ । बुधबार मंगलबार तोलाको ७२ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ ।

बिहिबार सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला हजार रुपैयाँ घट्दै ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो महिनामा सुनको भाउ अहिलेसम्मको उच्च तोलाको ७३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । बिहीबार चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।