१२ साउन, काठमाडौं।

केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार बनाउन लागेका  मध्ये तीनजनाको नाम मन्त्रीका रुपमा प्याकेजमै सहमति भएको थाहा भएको छ। स्रोतका अनुसार पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमतिसंघै ती तीनजनालाई मन्त्री बनाउने सहमति पनि भएको छ। आजको बुधबार साप्ताहिकमा खबर छापिएको छ।bimalendra-nidhi shekhar koirala krishna mahara

स्रोतका अनुसार पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुनासाथ पहिलो चरणमा माओवादीबाट एक र नेपाली कांग्रेसबाट दुईजनाले शपथ लिनेछन्। यसपटक कांग्रेसबाट बिमलेन्द्र निधिले नेृतृत्व गर्नेछन्। कांग्रेसभित्र खुलै रुपमा भारतीय पक्षपोषण गर्ने निधिले गृह मन्त्रालय पाउनेछन्।

भारतमै ससुराली भएका निधिलाई कांग्रेसको नेतृत्वमा स्थापित गर्ने योजना भारतको रहेको कांग्रेस वृतमा यसअघिदेखि नै चर्चा चल्दै आएको छ।

भौतिक योजनामन्त्री हुँदा भारतको स्वार्थअनुसार द्रुत मार्ग उसैलाई दिन निधिले अन्तिम घडिसम्म निकै कोसिस गरेका थिए। स्रोतले भन्यो, ‘यसपटक निधिलाई पार्टी उपसभापति बनाउने योजना थियो। बीचैमा सरकारको कुरा आएकाले उनलाई गृहमन्त्रालय पठाएर बढी लाभ लिन सकिन्छ भन्ने दक्षिणको योजना छ।’ त्यहि स्रोतले कथंकदाचित निधिलाई उपसाभापति बनाइए वैकल्पिक रुपमा अर्जुननरसिंह केसीलाई गृहमन्त्री बनाउने सुझाव पनि उताबाट प्राप्त भएको छ।

माओवादीका तर्फबाट एमालेसंगको समीकरण भत्काएर कांग्रेससंगको समीकरण बनाउन निर्णायक भूमिका निर्वाह गरेका कृष्णबहादुर महरालाई अर्थमन्त्री बनाउने सहमति पनि सोही प्याकेजमा भएको छ।

भारतले रुचि राख्ने गरेको अर्को महत्वपूर्ण मन्त्रालत परराष्ट्र पनि आफू निकट व्यक्तिलाई ल्याउने तय भइसकेको स्रोतले बतायो। कांग्रेसभित्र सत्ता समीकरणका विपक्षमा रहेका रामचन्द्र पौडेललाई पनि अप्ठेरोमा पार्ने गरी उनीनिकट रहेका डा. शेखर कोइरालालाई परराष्ट्रमन्त्री बनाएपछि दोहोरो फाइदा हुने विश्लेषण दक्षिणको छ।