१४ भदौ, चिमडी (सुनसरी)। तीन करोड ६६ लाख रुपैयाँमा तीन महिनाअघि नेपाली सेनाले संरक्षण र विकाससम्बन्धी काम गरेको चिमडीको ‘बर्जु’ ताल भत्किएको छ । सेनाले करिब साढे १८ करोड रुपैयाँमा निर्माण गरेका ११ वटामध्येको यो एउटा ताल हो।

तत्कालीन वनमन्त्री शंकर भण्डारीले वैशाख १७ गते सेनाकै हेलिकोप्टरमा गएर यसको उद्घाटन गरेका थिए ।

सेनाले विगत तीन वर्षमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको १८ करोड ५० लाख रुपैयाँमा ११ वटा तालको संरक्षण र विकासका काम गरेको छ । भूमाफियाले दर्ता गर्न खोजेका यस्ता पुराना ताल र सिमसार क्षेत्रको संरक्षण गरिएको हो। आजको नागरिकमा खबर छ ।

यीमध्ये केही तालमा राम्रो काम भए तापनि केहीमा कमजोर काम गरेको पाइएको छ । कतिपय काम अधुरै छ । पछिल्लो समयमा सेनाले ‘फास्ट ट्र्याक’ निर्माणको जिम्मेवारी पनि पाएको छ ।

स्थलगत अवलोकनका क्रममा नेपाली सेनाले चुरे समितिमार्फत स्थानीयलाई हस्तान्तरण गरेको तालको ‘आउटलेट’ र ‘इनलेट’ भत्किएका छन् । ‘तालको डिलमा बनाइएका दुवै संरचना भत्किएका छन्’, चिमडी बर्जुताल सिमसार विकास तथा संरक्षण समितिका सचिव बिलटसिंह श्रेष्ठले नागरिकस“ग भने ।

‘इनलेट’ फुटेर पानी बाहिर बगिरहेको छ । आउटलेटका भित्री र बाहिरी दुवै संरचना भत्किएका छन् । पानी नियन्त्रण गर्न बनाइएको ढोकासमेत काम नलाग्ने अवस्थामा छन् ।

समितिका कोषाध्यक्ष शिवलाल मेहताले गुणस्तरीय सामग्री प्रयोग नगरिएकाले यो समस्या आएको बताए । ‘इनलेट र आउटलेट बनाउँदा ढुंगाको जग त हालियो । तर, त्यसमा प्लास्टर गरिएन । त्यसैले पानी बाहिरियो,’ उनले भने ।

नागरिककर्मी ताल अवलोकनमा पुग्दा स्थानीयले पानीको इनलेटबाट बाहिरिँदै गरेको पानी नियन्त्रणको प्रयास गरिरहेका थिए । तर, इनलेट संरचनाको भित्री र बाहिरी भाग फुटिसकेका थिए । इनलेटको ढोकामुनिबाट पानी बाहिर बगिरहेको थियो । आउटलेट पनि बिग्रिएकाले पानी नियन्त्रण भएको थिएन । दुवै संरचनाका लागि बनाइएको ढोका र त्यसको नियन्त्रण गर्ने चक्का बिग्रिएर जाम भइसकेको छ । बाहिरी र भित्री संरचनासँगै डिल भत्किएको छ ।

‘यी दुवै संरचना फुटिसकेका छन् । कुनै पनि बेला तालको पानीले बगाउन सक्छ’, मेहताले भने । सेनाले तालको माटो निकालेर बनाएको डिलको पूर्वोत्तर मोहोडा साउन २७ र २८ गतेको बाढीले फुटाइदिएको छ । डिल बिग्रिएको देखिन्छ