३ मंसिर, महोत्तरी।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले महोत्तरीमा तीन वटा मोटरसाइकलमा आगजनी गरेका छन । महोत्तरीको को गैडाभेटपुरमा ज २ प ४३०८, ज. ३ प ५७७७ र ज. ६ प ३८४५ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् ।

सिमापारी बाट डीजल र पेट्रोल ओसारपसार गरेको आरोपमा डिजेल र पेट्रोल सहित मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन । आगजनीबाट तीनैवटा मोटरसाइकल पूर्ण रुपमा जलेर क्षेती भएको जिल्ला प्रहरी कार्यालय महोतरीले जानकारी दिएको छ ।

दश बाह्र जनाको संख्यामा रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले जलेश्वर मलगंवा सडक खण्डको गैडाभेटपुर १ मा मोटरसाइकल नियन्त्रणमा लिइ आगजनी गरेका थिए ।

आगजनी पछि फरार भएका मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।