सचित देवकोटा
यदी तेस्रो विश्वयुद्ध भइहाले के होला ? कस्ले जित्ला ? यो करोडौको मात्र प्रश्न होइन। यसको उत्तर प्रत्यक्ष देख्न धेरै मानिसले पाउने छैनन्। तेस्रो विश्व युद्ध भए जुन किसिमका हतियार प्रयोग हुने आशंका छ त्यसको विनाशको नमुना जापानले भोगिसकेको छ। र त्यसयता आणविक हतियार हजारौ गुनाले थप शक्तिशाली बनिसकेका छन् अर्थात विध्वंशको क्षमताको अभुतपुर्व रुपले बढेको छ।

third world war

तेस्रो विश्व युद्ध भइहाले के हुन्छ ? भन्ने प्रश्नको नेपाली पाटो के भने यसपटक गोर्खालीहरुको युद्धमा कुनै उल्लेखनिय सहभागिता हुनेछैन्। किनभने हामी नेपालले अत्याधुनिक हातहतियार वा आणविक हतियारको विकास गरेका छैनौ। तर हामीले यसमा दु:ख मनाउ भने गर्नु पर्नेछैन्। किने भने तेस्रोपछि चौथो विश्वयुद्ध अवश्य आउँछ।

अब मुल प्रश्नमा केन्द्रित होउ । तेस्रो विश्वयुद्ध भइहाले दुइ देश आमुने सामुने हुनेमा कुनै शंका छैन्। ती हुन अमेरिका र रुस।

दुइ आणविक सपुर पावर भिडेपछी आणविक हतियार प्रयोग नहुने भन्ने छैन्। यदि युद्धमा आणविक हतियार प्रयोग भइहालेमा के होला ?

आणविक हतियार प्रयोग भइसकेपछि धेरै कुरा ओझेलमा पर्नेछन् र आणविक हतियारमा सम्पन्न देश नै हावी हुनेछ। यस्तो भएको खण्डमा रुसको दाबेदारी बढ्ने धेरैको अनुमान छ। तर सबै यसमा सहमत भने छैनन् किन भने अमेरिकालाई कम आँक्ने भुल कसैले गर्न सक्दैन्।

तर विश्वयुद्ध आणविक हतितयारकै बलमा जितिने वा हारिने अवस्था आए रुस माथि पर्छ भन्नेहरुका आधार भने यस्ता छन्:

१. रुसले जुनसुकै बेला प्रयोग गर्न मिल्ने गरि १६४३ वटा आणविक हतियार सम्पन्न मिसाइल तयारी अवस्थमा राखेको छ। अमेरिकासंग पनि १६४२ वटा मिसाइल तयारी अवस्थामा छन्। यहाँ रुस र अमेरिका बरबरीमा देखिन्छन्।

२. रुसको सबै भन्दा शक्तिशाली मिसाइल SS-18 मानिन्छ। जसले एक पलमा न्युयोर्क शहर सिध्याउन सक्छ। संसारमा अहिलेसम्म ss-18 जस्तो शक्तिशाली मिसाइल नबनेको विश्वास गरिन्छ। नेटोले त यो मिसाइलनको नाम सटन अर्थात शैतान राखेको छ। यसले एउटा दुइटा होइन दश वटा ७५० किलोटन क्षमताको न्युक्लिएर बम बोक्न सक्छ। हिरोशिमा खसेको बम, जुन १५ किलोटनको थियो , भन्दा डेढ हजार गुना शक्ति कम्पनले जमिन काप्दा कस्तो क्षति होला ?

३. अमेरिकको ८० प्रतिशत जनसंख्या पुर्वी र पश्चिमी क्षेत्रमा बसोबास गर्दछन्। त्यसैले सटिक निशाना भएका मिसाइले ठुलो जनधनको क्षति गर्न सक्दछन् । तर रुसको जनसंख्या निकै कम भए पनि छरिएको छ। त्यसैले एउटा वा दुइवटा आणविक आक्रमणपछी पनि रुस रहने जानकारहरु बताउँछन्।

४. सोभियतसंघकै पालामा रुसले विकास गरेको युद्ध जित्ने कला जसलाई उसले ‘रिफ्लेक्सिभ कन्ट्रोल’ भन्छ। रुस यो कला पनि अमेरिकामाथि भारी पर्ने बताइन्छ। संसार भर रुसका जासुस सक्रिय र चुस्त रहेको बताइन्छ। जुन रुसको लागि गोप्य सुचनाका स्रोत मानिन्छन् ।

५. तत्काल युद्ध भइहालेको खण्डा रुसमा शक्तिशाली र सैन्य पृष्ठभुमिका राष्ट्रपति हुनु पनि रसियाको पक्षमा जान्छ। भ्लादिमिर पुटिनको पृष्ठभुमि सैन्य र जासुसीको हो।

यो पनि पढ्नुस्।

तेश्रो विश्व युद्ध भैहाल्यो भने के के सम्म हुन सक्छ (फोटो फिचर)

नोस्ट्राडामसको भविष्यवाणी मिल्दैः यसै वर्ष तेश्रो विश्व युद्ध शुरु हुने ? (भिडियो सहित)

पाँच महिनामा सहमति हुन नसकेका पाँच रहस्य
दुईचोटि किरिया गरेपनि भूपाल ज्युँदै, नयाँजन्म गराउन भकारीमा
विश्वका ५ रहस्यमय धन, खोज्न जाने हजारौं मानिसले गुमाए ज्यान

विश्वका सर्वाधिक मंहगा ४ रत्न

विश्व ध्वस्त गर्न सक्ने ५ हतियार

सन् २०१५ का विश्वभरका प्रमुख घटना, कहाँ के के भए?

चुरोट छोड्ने एउटा विधि: यसरी छोड्न सकिन्छ चुरोट

महिलाले खानै पर्ने ६ खाना