५ चैत, काठमाडौं । लगातार ओरालो लागेको सुनको भाउ आज भने बढेको छ ।

हिजो २ हजारले घटेको सुनको भाउमा आज तोलको एक हजार रुपैयाले बढेको छ ।

आज तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।