२२ कात्तिक, काठमाडौं । नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान ठोक्किएका छन् । आन्तरिक विमानस्थलतर्फको पार्किङमा श्री एयर र यति एयरका दुई वटा विमान ठोक्किएका हुन् ।

फाइल फाेटाे

श्री एयरको सीआरजे ७०० जहाजले यतिको एटीआर ७२ जहाजलाइ आज दिउँसो ठक्कर दिएको हो । ठक्करबाट यतिको जहाज पछाडी सामान्य क्षति पुगेको छ । घटना सामान्य भएकाले विमानस्थलको आवागमनमा कुनै समस्या नभएको विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।