१३ मंसिर, काठमाडौं । अदिती बुढाथोकी चलचित्र ‘कृ’ मार्फत नेपाली चलचित्रमा नायिका हुन् । भारतको मुम्बईमा बस्दै आएकी नायिका चलचित्र ‘कृ’मा काम गर्नकै लागि भनेर भारतबाट नेपाल आएकी थिइन् ।

अहिले पनि मुम्बई बस्दै आएकी उनी इन्स्टाग्राममा एकदमै सक्रिय छिन् । इंस्टाग्राममा अदितीको ८ लाख ५४ हजार भन्दा बढी फलोअर्स छन् । उनको इंस्टाग्रामम नेपालीका साथै भारतीय फलोअर्सहरु पनि छन् । भारतमा पनि म्युजिक भिडियो र मोडलिङ गर्दै आएकी उनी हालसालै थाइल्याण्डको एक तस्बिर सार्वजनिक गरेकी छन् ।

सार्वजनिक तस्बिरमा उनी थाइल्याण्डको बैंककमा देखिएकी छन् । तस्बिरमा उनले पर्पल रङको बिकिनी लगाएकी छन् । भने बोराको टोपीमा सजिएकी छन् । तस्बिरसँगै उनले ‘जाडोको लागि तयार छैन’ भन्दै लेखेकी छन् ।