२५ भदौ, एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘दबंग ३’को फस्टलुक पोस्टर रिलिज भएको छ ।

फिल्मको पोस्टर सलमान खानको बुधबार ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘आउँदैछ चुलबुल रविनहुड पाण्डे ठिक १ सय दिन पछि । स्वागत त गर्नुस् हाम्रो ।’ मोसन पोस्टरमा पनि सलमानले यहि (स्वागत तो करोगे हमारा) डाइलग बोलेका छन् ।

सलमानको ‘दबंग ३’ हिन्दी साथै अन्य तीन भाषामा पनि प्रदर्शन हुने भएको छ । सलमानले अन्य तीन भाषाको मोसन पोस्टर पनि ट्वीटरमा सेयर गरेका छन् । प्रभुदेवाको निर्देशनमा बनेको फिल्म ‘दबंग’ सिरिजको तेश्रो फिल्म हो । यसअघि प्रभुदेवाले सलमानलाई ‘वान्डेट’ फिल्ममा निर्देशन गरेका छन् ।

२० डिसेम्बरमा रिलिज हुने फिल्मलाई स्वयं सलमान खान र निखिल द्विवेदीले निर्माण गरेका हुन् । फिल्ममा सुदीप, सोनाक्षी सिन्हा, अरबाज खान, प्रमोद खन्ना, टीनु आनन्द, पंकज त्रिपाठी र नवाब शाहको मुख्य भूमिका छ ।