३ साउन, तनहु ।

तनहुँको सदरमुकाम दमौलीमा नक्कली नोटको कारोबार हुने गरेको खुलासा भएको छ ।

सदरमुकाम दमौली स्थित राष्ट्रिय वाणिज्य बैंकबाट व्यास १ तालघारे निवासी हरि सिं गुरुङगले निकालेको रकममा ५ सय रुपैयाँको नोट नक्कली भेटिएपछि सो कुराको रहस्य खुलासा भएको हो ।

गुरुङगले राष्ट्रिय वाणिज्य बैंकबाट १ लाख ९५ हजार रकम निकालेर दमौली स्थित ओम डेभलपमेन्टमा राखेका थिए । ओम डेभपलमेन्टमा बैकमा राख्ने क्रममा बैंककी कर्मचारीले चेकजाँच गर्दा उक्त नोट फेला परेको थियो । फेला परेको नोट अन्य नोटको तुलनामा पातलो रहेको छ ।

त्यस्तैको भित्री भागमा लालीगुराँसको प्रिन्ट समेत छैन । दमौलीमा यस किसिमको नक्कली नोट विगतमा पनि फेला परेको थियो ।