१२ भदौ, काठमाडौं । गत साउनदेखि हास्यटेलिश्रृंखला ‘भद्रगोल’ टेलिभिजनम आउन छाड्यो । दर्शकहरुले रुचाइरहेको बेला भद्रगोलको नयाँ श्रृंखलाहरु टेलिभिजन र युट्युबमा आउन छाडेपछि दर्शकहरुले यसको चासो राख्ने नै भए ।

बन्द भएको केही समयसम्म दर्शकलाई छिट्टै प्रसारण हुने भनेर टार्दै आएको भद्रगोल टीमले अहिले भने सम्पूर्ण बास्तविक कुरा बाहिर ल्याएको छ । फेसबुकमा एक स्टाटस लेख्दै भद्रगोलका कलाकारहरुले भद्रगोल नामको अधिकार आफूसँग नभएको र नामकाे अधिकार आफूहरुले पाउनुपर्ने माग गरेता पनि मिडिया हबले नदिएको खुलासा गरेका छन् ।

साथै कलाकारहरुको टीमले सार्वजनिक गरेको फेसबुक स्टाटसमा आफूहरुले लामो समयसम्म पारिश्रमिक नपाएको र पाउने भनेपछि पनि समयमा नदिएको कुरा उल्लेख गरेका छन् । कतिपय अवस्थामा पारिश्रमिक पाउनकै लागि आफूहरुले टेलिश्रृंखला रोक्नुपर्नेसम्म्को बाध्यात्मक परिस्थिति आएको उनीहरुको भनाइ छ ।

उनीहरुले लेखेको स्टाटसमा पारिश्रमिक समयमा नपाएको र पाएपनि काम गर्ने बातावरण नभएको अवस्थामा अब के गर्दा ठिक होला भनेर दर्शकसँग सुझाव मागिएको छ । स्टाटसमा लेखिएको छ, ‘आजको दिनमा न हामिले भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौं, न काम गरिरहेकै संस्थासंग काम गर्ने बातावरण छ । यो अवस्थामा हाम्रो टिमले के गर्दा ठिक हुन्छ ? भगवानरुपी दर्शकहरुको अमूल्य सल्लाह–सुझावको अपेक्षा गर्दछौं ।’

भद्रगोल रोकिनुको कारण:भद्रगोललाई अत्यन्तै माया गरि सल्लाह र सुझाव दिनुहुने देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण आदरणीय…

Posted by Bhadragol Official-भद्रगोल अाधिकारीक on Thursday, August 29, 2019