११ असोज, सुनसरी । दशैँको पूर्वसन्ध्यामा धरानको चतरा बसपार्कमा एक व्यक्ति मृत फेला परेका छन् । शिव सिनेमा हल छेउमा रहेको चतरा जाने बसपार्कमा सन्तोष तामाङ मृत फेला परेका हुन् ।

दाहिने कुनामा गन्जी र हाप पाइन्ट लगाएर लडिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनी धरान–१२ चतरालाइन शिव सिनेमा छेउमा डेरा गरी बस्ने गरेको स्थानीयबासीले बताएका छन् ।

उनको शव देखेपछि प्रहरीलाई स्थानीयबासीले खबर गरेका थिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले उनको शव पोष्टमार्टमका लागि बिपी प्रतिष्ठान लगिएको बताए ।

तामाङ यसअघि जन्डिसका रोगी रहेको र जाँड–रक्सी सेवन गर्ने गरेको स्थानीबासी बताएका छन् ।