१८ असोज, काठमाडौं । दशैँ लागेसँगै नयाँनयाँ चलचित्रहरु सार्वजनिक हुने क्रम जारी नै छ । यसै क्रममा निखिल उप्रेती र सारा शिर्पालीको अभियन रहेको फिल्म ‘पिँजडा ब्याक अगेन’ युट्युबमा सार्वजनिक भएको छ । गतवर्ष प्रदर्शनमा आएको चलचित्रले बक्सअफिसमा औसत ब्यापार गरेको थियो ।

कैयौं चलचित्रहरुमा द्धन्द निर्देशकको रुपमा काम गरिसकेको हिमाल केसीको निर्देशनमा रहेको चलचित्रलाई रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्रीले संयुक्त रुपमा निर्माण गरेका हुन् । रमेश सुवेदी र बाबुराजा सिंह सहनिर्माता रहेको फिल्मको कार्यकारी निर्माताहरुमा बसन्त शर्मा र सुशान्त श्रेष्ठ रहेका छन् । मौनता श्रेष्ठको कथा रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् । चलचित्रमा बसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत छ । हेरौँ पूरा चलचित्रः