२१ मंसिर, काठमाडौं । बारामा विजयादशमीको पर्सिपल्ट अर्थात असोज २३ गते जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१९ बस्ने आर्यन भन्ने २१ वर्षीय संदिप शर्मा रहेका छन् । उनलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

शर्माले २०७६ असोज २३ गते राति १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार भएका थिए । उनलाई इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।