१३ असोज रुपन्देही । ईलाका प्रहरी कार्यालय मंगलापुर, रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले जिसीलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । बिमा सिफारिस गरिदिने प्रयोजनको लागी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको टोलीले कार्यालय परिसरबाट उनलाई नियन्त्रणमा लिएको हो ।