१५ असोज, काठमाडौं । दशैंका मुखमा काठमाडौंको टोखाबाट एक ओभरसियर ५ लाख घुससहित पक्राउ परेका छन् ।

लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि काठमाडौं टोखाका ओभरसियर चौधरीले टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनको लागि टोखा नगरपालिकाका कर्मचारीसमेतलाई मिलाउन भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

घुस मागेको सूचना पाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले ओभरसियर चौधरीलाई ५ लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोईरालाले जानकारी दिए ।