किरण ज्ञवाली
५ पुस, काठमाडौं ।
समय साँझको सात होला सायद । धुलिखेलबाट शुरु भएको बसको यात्रा रत्नपार्कमा टुंगियो। रत्नपार्कको भीडमा म आफ्नै सुरमा थिए र फेरि किर्तिपुरको माइक्रोबस पर्खाइमा थिए । किर्तिपुरको माइक्रोबस एउटा नि थिएन त्यसैले म यता उता गर्दै थिए। अनि त्यतिकैमा एकजान भाइ आयो अनि भन्यो, ‘दाइ रमाइलो गर्ने हो ?’ मलाई अचम्म लाग्यो अनि भने ‘मैले बुझेन भाइ’ ।

दाइ यसो रमाइलो गर्न केटि चाहिन्छ । मैले भने भाइ तिमी गलत मान्छेलाई सोध्न आयौं । मलाई झन्न रिस उठ्यो अनि भाइलाइ एउटा कुना तिर लगे । भाइ तिमिले मलाइ चिनेको छैनौं । तिमिलाइ गारो पर्न सक्छ। अनि भाइ डराउदै भन्यो , सरी दाइ भन्यो र गयो । एकै छिन म रत्नपार्कमै अल्मलिएको थिए किनकि किर्तिपुर जाने गाडी आकै थिएन । अनि त्यो भाइ म नजिकै आयो फेरि भन्यो दाइ माइन्ड नगर्नुहोला है भन्यो ।

भाइ गरेको छैन तर तिमी गलत बाटोमा छौ है । अनि मलाई कुरा गर्न मन लाग्यो अनि सोधे भाइ घर कहा अनि आफ्नो नाम, गृह जिल्ला र नगरपालिका सबै बतायो । अनि सोधे कति कमाउछौ यसरी अनि उस्ले भन्यो २००देखि ५०० । अनि बेस्याको रेट पनि बतायो र अन्य कुरा पनि सोधे। भाइ तिमिले त ति बेस्या भन्दा पनि घटिया काम गर्दै छौ ।

तिमी जस्तो युवा यसरी ग्राहक खोज्दै हिनेको सुहाउँदैन भने।अनि अरु थुप्रै कुरा गरे र सम्झाए । गाउँ , बुवा र आमाले था पाए कस्तो लाग्छ होला भने।उ आफैलाइ हीनताबोध भए जस्तो लागेको थियो । भाइले बडो नरम स्वर निकाल्दै भन्यो दाइ आजबाट म यो काम छोड्छु । अनि मैले भने आजलाइ गर अन्तिम दिन र भोलि बिहान बाट नौलो काम र जिवनको सुरुवात गर । हुन्छ दाइ म अब अरु काम गर्छु नभए म गाउँ तिरै फर्किनेछु भन्यो ।

अब हाम्रो भेट अरु ठाउँमा हुनेछ यसरी रत्नपार्कमा होइन । यतिकैमा मलाई कीर्तिपुर माइक्रोबस आएको जस्तो लाग्यो र आफ्नोबाटो लागे । अनि मनमनै भगवानलाइ सम्झे र भने उसलाई सहि बाटो देखाइदेउ । अब कुनै दिन त्यो भाइलाई भेटे र नयाँ काम गरेको पाए भने साच्चिकै म त्यो दिन धेरै खुसी हुनेछु ।