२४ कात्तिक, बाँके । बाघको आक्रमणमा परि बाँकेको कोहलपुरमा एक महिलाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–१३, नयाँबस्तीकी ६५ बर्षिया काली बस्नेतको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

आज दिउँसो ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रमा दाउरा लिन गएकी बस्नेतलाई पाटेबाघले आक्रमण गरेको हो ।

दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा बाघको आक्रमण परेर मृत भेटिएको प्रहरीले जनाएको छ । बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् ।