२८ फागुन, दाङ ।

नेपालमै अर्को एसिड आक्रमणको घटना भएको छ । दाङमा एसिड प्रहार बाट एक महिला घाईते भएकी छिन् । दाङको घोराहीमा बिहीबार बेलुका घोराही दुई गुलरीया निवासी ३२ वर्षीया रिता चौधरीमाथि एसिड प्रहार भएको हो ।

घाईते चौधरीलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर शिक्षण अस्पताल लगिएको छ ।

acid attack in dang

एसिड लागेर चौधरीको देब्रे कान र गालामा घाउ बनेको छ । घाईते चौधरीका आफन्तका अनुसार मोटरसाइकलमा आएका दुई यूवाले चौधरीमाथि सिरिञ्जबाट एसिड हानेको बताएका छन् । प्रहरीले एसिड प्रहार गर्नेको खोजी भैरहेको जनाएको छ ।

केकी अधिकारीको अनुहारमा एसिड (भिडियो सहित)

पत्रकार सम्मेलनमै ढले एसिड आक्रमणकारी

यस अघि गत वर्ष एक युवकले काठमाडौंमा २ किशोरीमाथि एसिड प्रहार गरेका थिए ।