sikkim२३ साउन, दार्जलिङ । दार्जलिङमा गोर्खा जनमुक्ती जनमोर्चाले गरेको अनिश्चितकालिन बन्दले जनजीवनमा व्यापक प्रभाव पारेको छ। गोर्खा जनमुक्ती जनमोर्चालेले गोर्खा ल्याण्ड राज्य प्राप्तको लागी अन्तिम संघर्ष भन्दै आन्दोलन व्यापक पारेको हो ।

सोमवार बेलुका गोर्खा जनमुक्ती जनमोर्चाका अध्यक्ष बिमल गुरुङका नजिका मानिने मोर्चा सदस्य अनित थापाको प्रकाउ पछी आन्दोलने थप गति लिन थालेको हो । उनलाई दार्जलिङको कर्साङबाट गिरफ्तार गरिएको हो । उनलाई कर्साङमा प्रहरीसंग विवाद गरेको आरोपमा प्रकाउ गरिएको हो। उनलाई १९ अगस्ट सम्मको लागी न्यायीक हिरासतमा राखिएको छ। अगस्ट ३ यता मात्र गोर्खा जनमुक्ती जनमोर्चाका ५१ कार्यकर्ता पक्राउ परिसकेका छन् ।

यसैबिच गोर्खा जनमुक्ती जनमोर्चाका अध्यक्ष बिमल गुरुङले कंग्रेस आईका महासचिव राहुल गान्धीसंग वार्ता गर्ने तयारी गरेको स्रोतले बताएको छ। वार्ता संभवत बुधवारनै हुने बताइएको छ।