७ माघ, काठमाडौं । कर्तब्य ज्यान मुद्दामा १० वर्ष सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७१।०९।३० गते धादिङ, तिप्लाङ–०९ घर भई काठमाडौंको गोलढुङ्गा बस्ने युरुङ तामाङलाई ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको अभियोगमा उच्च अदालत पाटनले झ्याप्ले भनिने कमल बिकलाई १० वर्षको सजाय तोकेको थियो ।

महानगरीय अपराधा महाशाखा टेकुले सोमबार विकलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको थियो । पक्राउ परेका विकलाई आज काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाइएको छ । विकले राजधानीको दिपज्योतीमा तामाङमाथि ढुङ्गा प्रहार गरेका थिए ।