२१ पुस, एजेन्सी । बिहान उठेपछि मानिसहरु जिम, र योगाजस्ता शारीरिक व्यायाम गर्ने गर्छन् । शरीरलाई व्यायाम गर्ने मानिसहरु मानसिक रुपमा भने कसरत गर्दैनन् । शरीरको बाँकी अंगहरुले जस्तै दिमागमा पनि थकान महसुस हुन्छ । अध्ययनका अनुसार मानिसहरुले शरीरको साथमा दिमाग पनि स्वस्थ राख्नु एकदमै जरुरी हुन्छ ।

बिहान उठ्नेबित्तिकै केही कामहरु गर्नेबित्तिकै तपाईंको दिमाग दिनभर फ्रेस रहन्छ जसले गर्दा तपाईंको दिन एकदमै शुभ रहन्छ । यस्ता व्यायाम गर्नाले तनाव पनि कम हुन्छ भने दिमाग काममा मात्र फोकस हुन्छ ।

केही पढ्नुहोस्ः बिहान उठ्नेबित्तिकै पढ्नाले दिमाग फ्रेस हुन्छ । दिनभरको भागदौडबाट समय निकाले पढ्ने समय हामीले एकदमै कममात्र पाउँछौँ । बिहानको समयमा पढ्ने बानी बसाल्नु एकदमै राम्रो मानिन्छ । बिहानको समयमा केही किताब, अखबार, पत्रिका वा कुनैपनि अनलाइनको आर्टिकल पढ्नसक्नुहुन्छ । विशेषज्ञका हा अनुसार पढाईले दिमागलाई सहि दिशा उन्मुख गर्छ ।

मेडिटेसन गर्नुहोस्ः तपाईंलाई पूरै दिन एकदमै गज्जबसँग बिताउनु छ भने मेडिटेसन गर्नु एकदमै लाभदायक हुन्छ । मेडिटेसनले तपाईंले कुनैपनि काम गर्न आट्नुभएको छ भने त्यसलाई एकाग्र बनाउन मद्दत गर्छ । यसको अलावा मेडिटेसनले तनावलाई कम गर्न मद्दत गर्छ । मेडिटेसनले आत्मिक शान्ति मिल्नुका साथै आफ्नो आसपासको वातावरण पनि जागरुक भएको महसुस हुन्छ । मेडिटेसन दिमागको लागि एकदमै स्वस्थ्य कसरत हो ।

संगीतः बिहान उठ्नेबित्तिकै तपाईंलाई मनपर्ने संगीत बजाउनुहोस् । ब्रेकफास्ट यार गर्नेबेलादेखि लगाएको संगीत ब्रेकफास्ट तयार हुनेबेलासम्म बज्न दिनुस् । यस्तो संगीत फास्टबिट नएभर एकदमै सुस्त र आनन्ददायी हुनुपर्छ । संगीतले दिमागको उत्पादन क्षमता बढाउने मान्यता छ भने सोच्ने क्षमतालाई पनि बढाउँछ ।

चुनौतीपूर्ण खेल खेल्नुहोस्ः बिहान उठ्नेबित्तिकै यदि दिमाग दौडाउन सकियो भने त्योभन्दा राम्रो कसरत अरु कुनैपनि हुँदैन । बिहान फ्रेस भएपछि लजिकवाला खेल खेल्नु मानसिका स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । पत्रिकामा आउने सुडोकु, पजल वा अनलाइन गेमहरु खेल्नु राम्रो मानिन्छ ।

शारीरिक व्यायामः शारीरिक व्यायामको असर पनि दिमागमा पर्छ । पछिल्लो केही रिसर्चमा आएको कुरालाई मान्ने हो भने बिहानमा शारीरिक व्यायाम गर्नाले दिमागमो सोच्ने क्षमता बढ्छ । व्यायाम गर्नाले दिमागको रक्तसञ्चार प्रणालीमा राम्रो फाइदा पुर्याउँछ ।