२० मंसिर, कञ्चनपुर ।
पुर्ब मन्त्री तथा नेपाली कांग्रेसकि नेत्रि सुजाता कोइरालाले देश संकटको घडिमा भएको बर्तमान अबस्थामा राष्ट्रिय एकताको खाचो रहेको बताएकी छिन् ।

देशमा बाह्य शीक्तको चलखेल बढेको र देश र जनता कमजोर भएको भन्दै नेतृ कोइरालले सबै मिलेर अगाडी बढनुको बिकल्प नरहेको बताएका छन् ।

Sujata Koirala NC

प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै नेतृ कोइरालाले भारतीय अघोषित नाकाबन्दी र तराइ आन्दोलन त्यसकै उपज भएको बताइएन् ।

राष्ट्र कमजोर भएको भन्दै सबै राजनितीक दल र सबै नेपाली जनता मिलेर राष्ट्र जोगाउनुपर्ने र राष्ट्रियता बलियो पार्नु पर्ने कोइरालाको भनाइ छ । देशमा बैदेशिक चलखेल बढेको र यसले राष्ट्र कमजोर बनाउनुका साथै विकास निर्माणका कार्य मसेत अबरद्ध भएकोले यसलाइ समाधान गर्न सबैको दायित्व रहेको समेत उनले बताइन् ।

भारतीय नाकाबन्दी घोषित हो यसलाई राष्ट्रसंघमा लैजानु पर्छ – सुजाता कोइराला

पछिल्लो समय तराइका दलहरुको भारतीय दुतावास र दिल्ली दौडाहा साथै बार्ता प्रसंमा पत्रकारहरुको प्रश्नको उत्तर दिदै कोइरालाले देशको समस्या भएका कारण देश भित्रै बसेर बार्ता मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै विदेशी गुहार्ने चलन ठिक नभएइको समेत बताइन् ।