काठमाडौं, ७ बैशाख । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा अहिलेनेपाली बलर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाव भिड्दैछन् ।

दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ । आजको खेलमा दिल्लीले सन्दीपलाई प्लेईङ सेटमा राखेको छ । पछिल्लो ३ खेल लगातार बेच्नमा बसेका सन्दीपलाई आज दिल्लीले प्लेईङ एघारमा पारेको हो । दिल्लीले ३ खेलाडी परिवर्तन गरेकाे छ ।

दिल्लीले यसअघि खेलेका ९ खेलमा ५ मा जित निकाल्दै १० अंक बनाएको छ । दिल्ली अंकतालिकाको तेस्रो स्थानमा छ । समान ९ खेल खेलेको पञ्जावले पनि ५ खेल जितेर १० अंक बनाएपनि रन रेटका आधारमा चौथो स्थानमा रहेको छ ।