१९ चैत, नौविसे । पृथ्वी राजमार्गको धुनीबेसी न.पा.८मा तीन सवारीसाधन दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

नौविसेबाट काठमाडौं आउँदै गरेको बा ८३ प ९०७० नम्बरको मोटरसाईकललाई सोहि दिशाबाट आउँदै गरेको लु २ ख ५९६ नम्बरको ट्रक र पुन सोहि दिशाबाट आएको अर्को ट्रक ना४ख ८४९५नम्बरले ले ठक्कर दिंदा मोटरसाईकलमा सवार बालिका यूनिका मर्हजनको घटनास्थलमै र उनका बुबा विज्ञाल मर्हजनको उपचारको क्रममा नर्विक अस्पतालमा मृत्यु भएको हो ।

गम्भिर घाईते निजकी श्रीमतीको उपचार भैरहेको प्रहरीले बताएको छ । उनीहरु बालाजुका बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ ।