२८ चैत, एजेन्सी।

स्मार्टफोनको बजारमा छोटो समयमा नै अग्रणी बन्न सफल ‘ह्वावेइ कञ्जुमर बिजनेस ग्रुप’ले आफ्नो नयाँ तथा बहुप्रतिक्षित स्मार्टफोन ‘Y6Pro’ हालै नेपाली बजारमा लञ्च गरेको छ। कम्पनीले १० अप्रीलदेखि नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने जानकारी समेत सार्वजनिक गरेको छ।

ब्राण्डले यो फोनको मूल्य रु.२२,४९९/- निर्धारित गरेको छ। आकर्षक डिजाइन, उच्चस्तरीय प्रदर्शन, दीर्घकालीन ब्याट्री र यसमा भएको सरल एजका कारण यस शक्तिशाली उपकरण प्रयोगकर्ताहरू माझ उत्कृष्ट छनौटमा पर्दछ। धेरै लामो समयसम्म आफ्नो मोबाइल प्रयोग गरिरहने उपभोक्ताहरूलाई लक्षित गरी बनाइएको उक्त फोनमा धेरै समयसम्म टिक्ने ब्याट्री समावेश गरेको छ। यसमा भएको सुपर शक्तिशाली ब्याट्री धेरै टिक्नेमात्रै नभई अत्यन्तै छिटो चार्ज पनि हुन्छ- 0% ब्याट्रीबाट केवल १० मिनेट चार्ज गर्दा यसले ३ घण्टाको टक टाइम प्रदान गर्ने कम्पनीको दाबी रहेको छ। साथै यो फोन आफै पोर्टेबल चार्जरको काम गर्दछ, यानिकी यसले अन्य उपकरण तथा फोनलाई पनि चार्ज गर्न सक्दछ।Huawei Y6Pro Launched in Nepal (2) - Copy

(ह्वावेइ कम्पनीको ब्राण्ड एम्बेसेडरमा फुटबलर लियोनेल मेस्सी नियुक्त)

प्रविधिको बजारमा हालै भित्रीएको सुसज्जित बनावट भएको ‘ह्वावेइ Y6Pro’ मा निम्न विशेषताहरू रहेका छन्:-

१. लोभलाग्दो बनावट

NCVM प्लेटिङ्गको कलाकारिता र वाटर वेभ कर्भ डिजाइनले सुसज्जित यस Y6Pro मा भएको चमकदार रिप्पल ग्रेनका साथमा ५-इञ्चको एचडी स्क्रीन हेर्दा निकै नै लोभलाग्दो देखिन्छ। ८.५ मिलिमिटर पातलो यो फोन एक हातमा राखेर सजिलैसित प्रयोग गर्न सकिने भएकाले यो फोन आफैमा उत्कृष्ट र पृथक छ।

२. दीर्घकालीन ब्याट्री

अपत्यारीलो ४,००० एमएएच को ब्याट्री क्षमता भएको यस Y6Pro मा ‘फ्ल्यास चार्ज’ र ‘रिभर्स चार्ज’ सुविधा पनि समावेश गरिएको छ।

  • फ्ल्यास चार्ज– यानिकी यसमा भएको ब्याट्री अति नै चाँडो चार्ज हुन्छ र कम्पनीले दाबी गरेअनुसार यसले ४१६ घण्टासम्मको स्ट्याण्ड बाई टाइम दिन्छ। साथै मोबाइलसँगै आउने २ amp को चार्जरले गर्दा अन्य चार्जरले भन्दा २ गुणा छिटो चार्ज हुनुका साथै 0% बाट केवल १० मिनेट मात्र चार्ज गर्दा पनि ३ घण्टासम्म आरामले च्याटिङ्ग गर्न सकिन्छ।
  • रिभर्स चार्ज– ह्वावेइ ब्राण्डले पहिलो पटक यस फोनमार्फत Y-सिरिजमा रिभर्स चार्जिङ्ग सुविधा भित्र्याएको छ। यो सुविधाले फोनलाई पोर्टेबल चार्जर यानिकी पावर ब्याकअपको रूपमा समेत प्रयोग गर्न सकिन्छ र लोडसेडिङ्गको बेला साथीभाइ तथा परिवारका स्मार्टफोन तथा अन्य उपकरणहरू चार्ज गर्न सकिन्छ।

Y6Pro-reverse-charging

३. अनुपम दृश्यको अनुभूती

Y6Pro ले पूर्ववर्ती उपकरणको क्यामेरा टूललाई नयाँ शैलीमा पुनर्निर्माण गरेको छ। यस फोनमा पछाडिको क्यामेरा १३ मेगापिक्सेलको राखिएको छ भने सेल्फीको लागि अगाडि ५ मेगापिक्सेलको क्यामेरा समावेश गरिएको छ, जसमा क्रमैसँग एफ २.० र एफ २.२ एपर्चरको लेन्स राखिएको हुनाले फराकिलो दृष्टिकोणबाट तस्विरहरू खिच्न सकिन्छ।

  • ब्याकलाइट मोड– ह्वावेइ कम्पनीको Y-सिरिजका स्मार्टफोनमा थपिएको यस विशेषताको मद्दतले जस्तोसुकै चर्को वा मधुरो प्रकाशमा पनि ठोस वस्तुलाई प्रमूखता प्रदान गरी गुणस्तरयुक्त तस्विर खिच्न सकिन्छ।
  • हाई स्पीड कन्टिन्यू क्याप्चर मोड– यस ब्राण्डको यो नयाँ फिचरले एक सटमा १० वटा फोटो खिच्न सक्छ, जसले गर्दा तीव्र गतिमा रहेको कुनै पनि वस्तुलाई सजिलैसित प्रष्ट तस्विर खिच्न सकिन्छ। एक्सन सट यति राम्रो पहिला कहिल्यै देखिएको थिएन।
  • अल्ट्रा फास्ट स्न्यापसट– अब प्रयोगकर्ताहरूले एउटा तस्विर खिच्नको लागि धेरै समय प्रतिक्षा गर्नुपर्नेछैन। Y6Pro मा राखिएको ०.८ सेकेण्डको ‘फास्ट क्याप्चर सटर’ले निकै छोटो समयमा नै फोटोहरू क्यामेरामा कैद गर्न सक्दछ।
  • अटो फेस इन्ह्यान्समेण्ट– सेल्फी र ग्रुप फोटोलाई एडिट गर्न अब कुनै बाह्य एपको जरुरत पर्नेछैन। यस उत्कृष्ट स्मार्टफोनमा पहिल्यै देखि फोटो एडिट गर्ने सफ्टवेयरका साथै सेल्फीको लागि १० वटा इफेक्टहरू उपलब्ध गराइएको छ।

Huawei Y6Pro Launched in Nepal (1)

४. उत्कृष्ट प्रोसेसिङ्ग

६४ बिटको क्वाडकोर प्रोसेसरबाट सञ्चालित यस फोनमा २ जिबी र्याम र १६ जिबी रोम समावेश गरिएको छ। जसले गर्दा यो फोन ह्याङ्ग हुने, ढिलो चल्ने र गेम खेल्दा अड्किने जस्ता समस्याहरूबाट टाढा नै छ।

“युवावर्गका लागि डिजाइन गरिएको यो ट्रेण्डी उपकरण पैसाको सही मूल्य भएको उत्पादन हो”, कम्पनीको दाबी रहेको छ। ह्वावेको उत्पादन र सेवाहरू विश्वको एक-तिहाई मानिसहरूले १७० भन्दा बढि देशहरूमा प्रयोग गर्दछन्। अमेरिका, जर्मनी, स्वीडेन, रुस, भारत र चीनमा गरी १६ वटा अनुसन्धान र विकास केन्द्रहरू रहेका यस ह्वावेइ कम्पनी सन् २०१४ मा विश्वकै तेस्रो ठूलो स्मार्टफोन निर्यात गर्ने कम्पनीमा परेको थियो।

यो पनि हेर्नुहोस्-

किन तात्छ स्मार्टफोन? कसरी समाधान गर्ने?

तपाईँको हराएको एण्ड्रोइड स्मार्टफोन पत्ता लगाउने छिटो-मिठो तरिका

“मेरो एण्ड्रोइड फोन ह्याङ्ग हुन्छ, के गर्ने?”

सेटिङ्ग्सलाई थोरै परिवर्तन गर्दा पनि एण्ड्रोइडमा ब्याट्री बचाउन सकिन्छ

“मेरो एण्ड्रोइडबाट फोटो नै हरायो, त्यसलाई कसरी फिर्ता ल्याउने?”