२६ साउन, काठमाडौं । चितवनमा दुई महिलाको शव भेटिएको छ । नारायणी नदी किनारमा भरतपुर महानगरपालिका–१६ की ३१ वर्षीया कृष्णमाया तामाङको शव आइतबार फेला परेको हो ।

माछा मार्ने क्रममा साउन २२ गते नदीमा बेपत्ता भएकी तामाङको शव सोही स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै भरतपुर महानगरपालिका–१६ भङ्गेरी कटेज नजीकै नारायणी नदी किनारमा आज अन्दाजी ५५ देखि ६० वर्षीया एक महिलाको शव फेला परेको छ ।

उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।