५ मंसिर, काठमाडौं । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागितालाई संविधानले नै प्रत्याभूत गरेको छ। तर, मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व झन् घट्दै गएको छ।

बुधबार शीतलनिवासमा पुगेको सूचीअनुसार दुई मन्त्री हटाएकोमा नयाँ एकजना महिला पनि नसमेटिएको खबर आजको नयाँ पत्रिकामा छ। यससँगै पनर्गठित सरकारमा महिला सहभागिता १६ प्रतिशतबाट झरेर ८ प्रतिशत कायम भएको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र कृषिराज्यमन्त्री रामकुमारी चौधरी हटाइएपछि अब पद्मा अर्याला र विना मगर मात्रै मन्त्री छन्। पद्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र विना खानेपानीमन्त्री छन्।