५ फागुन, धादिङ । बहुविवाह मुद्दाका फरार प्रतिवादी एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका–२ बस्ने ५२ वर्षीय राम बहादुर अर्याल रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत धादिङको २०५४ कात्तिक २० गतेको फैसलाले बहुविवाह मुद्दामा १ महिना १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

अर्याललाई जिल्ला अदालत धादिङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।