१० मंसिर, मनाङ ।  हिमाली जिल्ला मनाङमा आज बिहानैदेखि मतदान प्रकृया शुरु भएको छ ।

चिसोको बाबजुद बिहानैदेखि लामबद्ध भएर मनाङका २८ वटै मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । अधिराज्यकै सबैभन्दा कम मतदाता भएको मनाङमा पाँच हजार ८८१ मतदाता रहेका छन् । मतदानका लागि २०५ जना कर्मचारी खटिएका छन् ।

निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले) र स्वतन्त्र गरी प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्रमा ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन् ।