२७ असोज, काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा युनाइटेड अरब इमिरेट्स (युएइ) मा रहेका एक नेपालीको सवारी दुर्घटनामा परि निधन भएको छ ।

मृत्यु हुनेमा धनुषाको लक्ष्मीनियाँ गाउँपािलका ७ भगवतीपुरका ३५ वर्षीय सिकिन्दर राउत रहेका छन् । दुबईको अलटुसस्थित कम्पनीबाट फर्किने क्रममा सवारी दुर्घटनामा परी राउतको मृत्यु भएको हो।

दुर्घटनामा राउतको मृत्यु भएको खबर उनका साथीहरूले गराएका हुन्। जीप दुर्घटनामा घाइते राउतको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको बताइएको छ। राउतको मृत्यु भएको खबर पाएपछि धनुषाको लक्ष्मीनियास्थित घर र गाउँ शोकमा डुबेको छ । राउत १० वर्ष अघि दुबइ गएका थिए ।