२९ मंसिर,एजेन्सी।  अमेरिकी विदेश मन्त्री जोन केरि रसियाको राजधानी मस्कोमा पुगेका छन् । केरीको मुस्को बसाई सिरियाको भविष्य बारेमा दुइ देशभीच रहेको भिन्नता कम गर्ने केन्द्रिति हुनेछ। केरीले रसियान राष्टृपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सर्गेइ लभरोभसंग भेटवार्ता गर्दैछन्।

अमेरिका र रसिया सिरियाका राष्ट्रपति बसर अल अशदको भविष्यको बारेमा असहमत रहँदै आएका छन्। अमेरिका राष्ट्रपति अशदलाई सत्ताबाट बेदखल गर्न चाहन्छ भने रसिया त्यसको निर्णय सिरियाका जनताले गर्न पाउनु पर्ने मत राख्दछ।john kerry ankara

दुश देशबीच हुने लागेको कुराकानी ठीक अगाडी रसियाको विदेश मन्त्रालयले अमेरिकी नीतिमाथि तिखो हमला बोलेको छ। रसियाले अमेरिकाले आतंकवादीलाई सही र गलत भन्दै विभाजन गरेको आरोप लगाएको छ। उता अमेरिकाले रसियामाथि सिरियामा इस्लामिक स्टेट माथि भन्दा पनि बसर अल असदको सत्ता जोगाउन अन्य विद्रोहीमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ। तर रसियाले यसको खण्डन गर्दै आइरहेको छ।

यसैबीच आउँधो शान्ति वार्ताका लागि तयार भएका सिरियाका विद्रोहीहरुको निर्णयलाई पनि रसियाले इन्कार गरिदिएको छ । विद्रोहीहरुले शान्ति वा्र्तामा जान तयार रहेको बताउँदै हालका राष्ट्रपति बसर अल अशद त्यसमा सहभागी हुन पाउने शर्त राखेका थिए ।

जोन केरी सिरियामा बारेमा यही सप्ताहन्तमा हुने अन्तराष्ट्रिय वार्ताका लागि आधार बनाउन चाहन्छन् । यसै गरि केरी युक्रेनको स्थायीत्वको लागि पनि रसियासंग ठोस कुरा गर्न चाहन्छन्।