एजेन्सी । विश्वमा यस्ता एयरपोर्ट छन् जसको तस्वीरले मात्रै पनि रिंगटा चलाइदिन्छ भने सधैं त्यहाँ प्लेन उडाउने पाइलट र ओहोर दोहोर गर्ने यात्रुको हालत के होला ? यस्ता ६ एयरपोर्टको बारोमा वीवीसी हिन्दीले एउटा समाचार प्रकाशित गरेको छ । जसमा पहिलो नम्बरमै छ नेपालको तेन्जिङ हिलारी एयरपोर्ट ।

तेन्जिङ हिलारी एयरपोर्ट

सोलुखुम्बुमा रहेको यो एयरपोर्टको रनवेको लम्बाई जम्म ४ सय ६० मीटर मात्रै छ । यहाँ साना विमान र हेलिकप्टर मात्रै अवतरण गर्न सक्छन् ।

लुक्ला विमानस्थलले पनि परिचिति यो एयरपोर्टको रनवेको उत्तरतर्फ विशाल पहाड छ भने दक्षिण तर्फ ६ सय मिटर गहिरो खाडल छ । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नेहरु यहि एयरपोर्टमा उत्रने गर्छन ।

स्कटल्याण्डः बारा एयरपोर्ट


नेपालको लुक्ला विमानस्थल भन्दा फरक छ यो बारा एयरपोर्ट । समुन्द्री किनारामा यसको रनवे छ । समुन्द्रमा कहिलेकाहिँ ज्वारभाटा उठेका बेला यो एयरपोर्ट जलमग्न हुने गर्दछ । यो एयरपोर्ट ट्रेग मोर समुन्द्रि तटमा रहेको छ ।

माले एयरपोर्ट, मादिभ्स


माल्दिभ्सको माले इन्टरनेशनल एयरपोर्टमा विमान उडाउनु चानचुने कुरो छैन । यो विश्वकै अलकतरा बाट बनेको एकमात्रै विमानस्थल हो । अझ रोचक त के छ भने यो एयरपोर्ट समुन्द्रको विचमा र समुन्द्रि सतहबाट मात्रै २ मीटर उचाइमा छ ।

पाइलटको सानो गल्ती भयो भने विमान सोझै हिन्द महासागरमा खस्छ ।

इरास्किन एयरपोर्ट, साबा


एयरपोर्टको रनवेको लम्बाई सामान्यतः १८ सय देखि २४ सय मिटर हुनु आवश्यक मानिन्छ । तर यो एयरपोर्ट यसैमा युनिक छ कि यसको रनवेको लम्बाई जम्मा ३ सय ९६ मीटर मात्रै छ । यो विश्वकै छोटो रनवे भएको विमानस्थल हो ।

कोलोराडो एयरपोर्ट, अमेरिका

यो विश्वकै सबैभन्दा उचाइमा रहेको एयरपोर्ट हो । २७ सय ६७ मीटर उचाइमा रहेको यो एयरपोर्ट उत्तर अमेरिकाको सबैभन्दा उचाइमा रहको व्यवसायिक एयरपोर्ट हो । सन् २००९ मा मर्मत संभार गरेपछि यहाँ ठूला विमान पनि अवतरण हुने बताइएको छ ।

काइटाक एयरपोर्ट, हङकङ


यो एयरपोर्ट ज्यादै खतरनाक छ । यस्तो खतरनाक की यात्रु यहाँ ल्याण्ड गर्नेलाई काइटाक हर्ट अट्याक भन्ने गर्छन् । अहिले यो एयरपोर्ट प्रयोगमा छैन । तर सन् १९२५ देखि १९९८ सम्म यो चालू हालतमा रहेको थियो । यहाँ विमान उड्दा र अवतरण गर्दा घरहरुसँग ठोक्किएला जस्तो हुने गथ्र्यो ।