१९ जेठ, एजेन्सी । सुन्दा निक्कै अनौठो लाग्न सक्छ, एक युवतीले आफ्नै बुबासँग खाली यतिका लागि शारीरिक सम्बन्ध राखिन्, किनकि उनलाई बुबाको प्रेमिका मन पर्दैन थियो र उनीहरुलाइ विवाह गर्न दिन चाहन्न थिइन् ।

यो घटना हंगकंगको हो र अहिले त्यहाँको जिल्ला अदालतमा यस मुद्दामाथि सुनुवाई चलिरहेको छ । २६ बर्षीया छोरीले आफ्ना ५८ बर्षका बुबासँग सन् २००९ मा दुई पटक यौन सम्बन्ध राखिन् । युवतीको वकिलले अदालतमा जुन मनोवैज्ञानिक रिपोर्ट पेश गरे । यही रिपोर्टबाट युवतीले आफ्नो बुबाप्रति आकर्षित थिइन् भन्ने पत्ता लगोको छ । यसै कारण छोरीले आफ्नै बुबालाई यौन सम्बन्धका लागि ‘अफर’ गरिन् र बुबाले पनि छोरीलाई नकार्न नसकेको बताइएको छ ।

‘साउथ चाइना मर्निङ पोस्ट’को खबर अनुसार, हंगकंगको जिल्ला अदालतले छोरी–बुबाबीच शारीरिक सम्बन्ध छोरी १९ बर्ष हुँदा भएको बताएको छ । यस रहस्यको खुलासा त्यतिबेला भयो जब स्कूल पढिरेही युवतीको भाईले बुबा–छोरीबीचको ‘सेक्स टेप’ देख्यो । भाईले भिडियो देखेर डराउँदै प्रहरी कहा यसबारे सुचना दिन पुग्यो । यद्यपी, भाईलाई दिदी र बुबाबीच यौन सम्बन्ध सहमतिमै भएको थियो भन्ने थाहा थिएन ।

युवतीको वकिलले भनेको छ, ‘यस्तो घटना असाधारण छ । युवतीले आफ्नो बुबालाई यौन सम्बन्ध अफर खाली यतिका लागि राखिन्, यसोृ गर्नाले बुबा आफ्नो मंगेतरसँग विवाह गर्दैनन् । युवतीलाई कोर्टले सबै आरोप आफूमाथि लिन आग्रह गरेको थियो, जसले गर्दा उनका बुबा यस मुद्दामा अघि नधकेलियोसु । हाल युवतीको परिचय खुलाइएको छैन ।’

युवतीको वकिलले यो क्रियाकलापले समाजलाई कुनै पनि प्रकारको असर नभएकाले युवतीलाई सजाय नमिलोस भनी अदालत समक्ष आग्रह गरेका छन् । यद्यपी, अदालतले यस मुद्दामा अन्य रिपोर्ट मागेको छ र युवतीलाई बिना कैदको सजाय दिन सकिन्छ कि सकिँदैन सोधिएको छ । तर, अदालतले बुबालाई सजायमुक्त गर्न अस्विकार गरेको छ । दुवैलाई आगामी १२ जुनमा अदालले सजाय सुनाउँने छ ।