२४ भदौ, एजेन्सी । अभिषेक शर्माको निर्देशनमा बनेको फिल्म ‘द जोया फ्याक्टर’ २० सेप्टेम्बरमा रिलिज हुँदैछ । फिल्ममा सोनम कपूरको साथमा दुलकर सलमान, अंगल बेदी र संजय कपूरको मुख्य भूमिका छ ।

कलाकारहरुको साथमा फिल्ममा टिकटक स्टार गौरव अरोडा पनि देखिएका छन् । फिल्मको एक प्रोमोशनल भिडियो बाहिरिएको छ । भिडियोमा विराट कोहलीको दुब्लिकेट भनि चिनिने गौरव अरोडा देखिएका छन् । पहिलोपटक हेर्दा उक्त प्रोमोशनल भिडियोमा धेरैले विराट कोहलीनै भन्ठानेका थिए ।

टिकटकमा विराट कोहलीको जस्तै अनुहारका कारण चर्चित बनेका अरोडालाई मानिसहरुले विराट कोहली नै भन्ठान्छन् । अहिले भाइरल भएको उक्त भिडियोमा गौरव विराटको रुपमा ड्रेसिङ रुममा हातमा ब्याट समातेर आफ्नो पारीको पर्खाइमा छन् ।

त्यहिबेला कमेन्ट्री सुनिन्छ, ‘भारतका दुई ओपनर ब्याट्सम्यान डक आउट भएका छन्, अब कप्तान आउँदैछन् । के उनको भाग्यमा पनि छ डग वा बनाउँछन् आफ्नो लक ? सुन्नमा आएको छ की क्याटेन आवकल जोया फ्याक्टरको एकदमै मान्न थालेका छन् । हेरौँ के हुन्छ उनको रणनीति ?’