५ फागुन, काठमाडौं । धनुषाको जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भइरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्मा चोकमा एक ४० वर्षीया महिला आइतबार राति सामूहिक बलात्कारको शिकार भएकी हुन् । प्रहरीका अनुसार २ युवकले ति महिलालाई नियन्त्रणमा लिएर बलात्कार गरेका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सोनामाई भोइलका नरेश महतो र नाम खुल्न नसकेका एक भारतीय नागरिक रहेका छन् । घटना विषयमा थप अनुसंधान भइरहेको धनुषाका प्रहरी प्रमुख तथा एसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।