१२ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुक लकडाउन गरिएका बेला आज साँझ भूकम्प गएको छ ।

धादिङ केन्द्र भएर आज साँझ ६ बजेर ३६ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो । धादिङको मार्पाक नजिकै केन्द्र बनाएर गएको भूकम्पको धक्का स्थानीय बासिन्दाले महशुस गरेका थिए । भूकम्पले कुनै क्षति भने भएको छैन ।

यसअघि गएको चैत २ गते कास्की केन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।