२२ साउन, काठमाडौं । हास्यकलाकार तथा सामाजिक अभियन्ता कुमार कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले नयाँ चलचित्र निर्माण गर्ने भएको छ ।

धुर्मुससुन्तलीले निर्देशक रामबाबु गुरुङको निर्देशनमा चलचित्र ‘सेन्टी भाइरस’ बनाउन लागेका हुन् । सुबिहानी फिल्म्स्को ब्यानरमा बन्न लागेको चलचित्रलाई निर्माता डिन्डु लामा हेल्मो तथा रामबाबु गुरुङले निर्माण गर्दैछन् ।

चलचित्रको केही हिस्सा रङ्गशाला निर्माणमा खर्चिने चलचित्रका प्रस्तुतकर्ता सिताराम कट्टेलले बताउनुभयो । चलचित्रको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

चलचित्रमा दयाहाङ राई, सुर्यमाला खनाल, राजाराम पौडेल, विल्सन बिक्रम राई, बुद्धी तामाङ, बसन्त भट्ट, कमलमणि नेपाललगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्य लागि खर्च गरिने छ ।