२६ भदौ, एजेन्सी । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले बिहीबार आफ्नो इंस्टाग्राममा एक पोस्टर राखे । पोस्टमा भारतीय टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको साथको एक तस्बिर शेयर गरेका छन् ।

यसमा उनी धोनीको अगाडि घुँडा टेकेर मुन्टो निहुरिएको देखिएको छ । यो तस्बिर अस्टे्रलियाविरुद्ध २०१६ को विश्वकप जितेपछिको तस्बिर हो । खेलमा भारतले ६ विकेटले जितेको थियो । कोहलीले लेखेका छन्, ‘एउटा यस्तो खेल जसलाई मैले कहिल्यै भुल्न सक्दिन । त्यो रात यी मनिसले मलाई यस्तरी दौडाएका थिए की लाग्थ्यो त्यहाँ मेरो फिटनेस टेस्ट भइरहेको छ ।’

भारतको मोहालीमा खेलिएको उक्त खेल जितेर भारत सेमिफाइनल पुगेको थियो । खेलमा अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । जवाफमा भारतले १९.१ ओभरमा ४ विकेटले गुमाएर १ सय ६१ रन बनाएको थियो ।