१६ भदौ, काठमाडौं । कपिलवस्तुमा नुहाउने क्रममा तीन महिलाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ सन्तघाटस्थित बेटिबेलभरिया नदीमा नुहाउने क्रममा उक्त नदीमा डुबेर ३ जना वेपत्ता भएका छन् ।

उक्त नदीमा नुहाउने क्रममा शुद्धोधन गाउँपालिका–६ बस्ने २५ वर्षीया तारामती कोहार, १५ वर्षीया तारा कोहार र ८ वर्षीया खुश्बु रैदास वेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय पकडीबाट संयुक्त रुपमा खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा वेपत्ता भएकाहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।