२२ भदौ, काठमाडौं ।नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरेको छ ।

काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको हो । नेपालले मध्यान्तरअघिको खेलमा ६ गोल गरेको थियो । मध्यान्तरपछि नेपालले थप दुई गोल गर्यो । नेपालका लागि सावित्रा भण्डारी एक्लैले चार गोल गरिन् ।

अनिता बस्नेतले दुई तथा दीपा राई र कप्तान निरु थापाले एक/एक गोल गरेका थिए । सावित्राले खेलको तेस्रो, १५औँ, ३०औँ र ५३औँ मिनेटमा गोल गरेकी थिइन् । यस्तै अनिताले ३४औँ मिनेट तथा खेलको अन्तिम समयमा, दीपाले २५औँ मिनेटमा र निरुले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए । नेपालले सोमबार उज्वेकिस्तानसँग खेल्नेछ । नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् । रासस