२७ असोज, काठमाडौं । बर्दियामा मोटरसाइकल दुर्घटना भएको छ ।

बाँसगढी नगरपालिका–७ स्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना भएको हो ।

File Photo

दुर्घटना हुँदा मोटरसाइकलमा सवार २२ वर्षीय दिपेन्द्र थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।