एप्पलको नयाँ आइफोन-एसई स्मार्टफोन, सानो स्क्रीन मन पराउने प्रयोगकर्ताहरूको लागि निर्माण गरिएको यो मोबाइल शक्तिशाली मोबाइलकै सूचीमा पर्दछ। आइफोन ६-एस का अधिकांश सेवा तथा सुविधाहरू समावेश गरिएको आइफोन-एसई को डिजाइन पुरानो आइफोन ५ को जस्तै रहेको छ। तथापी, यसमा सबैभन्दा महत्वपूर्ण अनि प्रयोगशाली फिचर राखिएको छैन- 3D टच!Here's what iPhone se looks like in pictures (1)

हुन त, एप्पलले यो फिचर आइफोन ६-एस र ६-एस प्लसमा बाहेक अरूमा समावेश गरेको छैन। तर आइफोनको इतिहासलाई हेर्ने हो भने अझसम्मकै सबैभन्दा प्रयोगशाली फिचर मानिन्छ 3D टचलाई! यसको मद्दतले केहि एपका आन्तरिक फङ्कसनहरूलाई होमस्क्रीनबाट सजिलै उपयोग गर्न सकिन्छ र एप खोलिराख्नुपर्ने जरुरी नै पर्दैन। ६ सिरिजका आइफोनहरूमा राखिएको प्रेसर-सेन्सिटिभ डिस्प्लेको मद्दतबाट ती फोनहरूमा यो फिचर राखिएको थियो।

via GIPHY

फेसबुक एप नखोली सीधै स्टाटस राख्न चाहनुहुन्छ भने फेसबुकको आइकनलाई सामान्यभन्दा बढि दवाव दिएर प्रेस गर्नुहोस् र Write a post छनौट गर्नुहोस्। इन्स्टाग्राम एप नखोली सीधै फोटो अपलोड गर्नु चाहनुहुन्छ भने इन्स्टाग्रामको आइकनलाई  प्रेस गर्नुहोस् र New Post छनौट गर्नुहोस्।

via GIPHY

तर, अहिलेको नयाँ आइफोन-एसई बाट यो सब गर्न मिल्दैन। आइफोन डेभलपरहरूले पनि यो कुरामा विचार नगरेका होइनन्, तर यो फिचर ६ सिरिजमा आइफोनहरूमा मात्रै समावेश गर्ने निर्णय पहिल्यै भैसकेको थियो।

यो पनि हेर्नुहोस्-
एप्पलको iOS 9.3 अपडेटमा त्रुटि, कैयौँको आइफोन चल्नै छाडेको अवस्था
यस्तो देखिन्छ नयाँ आइफोन-एसइ (तस्विर सहित)
आइफोनलाई पानीमा डुबाउँदा के हुन्छ? हेर्नुहोस् भिडियो
आइफोन र एण्ड्रोइडबाट नेपाली टाइप गर्न चाहनुहुन्छ?