६ साउन, काठमाण्डौ ।
जडित ट्याक्सीसँग सम्बन्धित संघ तथा मजदुर संगठनहरुले सरकारले काठमाडौमा नयाँ ट्याक्सी थप्ने गरी गरेको निर्णय खारेजीको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सरकारले २३ सय ५० वटा ट्याक्सी थप्ने निर्णयको विरुद्ध १३ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका हुन् ।

Prepaid taxi

श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी ब्यवसायी संघ, राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्र ट्याक्सी ईकाई, फ्रेन्डली ट्याक्सी सेवा समिति, नेपाल स्वतन्त्र यातायात मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघ (क्रान्तिकारी)ले आज राजधानीमा संयूक्त पत्रकार सम्मेलन गरी त्यस्तो चेतावनी दिएका हुन ।
पत्रकार सम्मेलनमा यातायात ब्यवस्था मन्त्रालयले असार २४ गते नयाँ ट्याक्सी थप्ने गरी गरेको निर्णय अब्यवहारिक भएको र यसले ७ हजार ५ सय ट्याक्सी ब्यवसायी मार्ने भन्दै तत्काल त्यस्तो निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
ट्याक्सी ब्यवसायीहरुले ट्याक्सी थप्ने निर्णय स्थागित गर्नु पर्ने, सर्वपक्षीय उच्चस्तरीय छानविन समिति बनाई नीति स्पष्ट पारेर मात्र लागु गर्नु पर्ने, लगायत १३ बुँदे माग अघि सारेका छन ।

पत्रकार सम्मेलनमा श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी ब्यवसायी संघका अध्यक्ष प्रकाश बस्नेतले आफूहरुको माग सात दिनभित्र पुरा नगरे शसक्त विरोधको कार्यक्रम ल्याउने चेतावनी दिए ।

यातायात ब्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीले अधिकार छ भन्दैमा मजदुर मार्न नपाईने भन्दै भुकम्प पीडितको नाममा नयाँ ट्याक्सी भित्राएर चालु रहेका ट्याक्सी ब्यवसायीहरुलाई रोजगार बनाउने सरकारलाई त्यसै नछाड्ने चेतावनी दिए ।