३ असार, एजेन्सी।

अमेरिकी पप गायिका केटी पेरी विश्वभरमा ट्विटरमा सबैभन्दा बढी फलो गरिएकी सेलब्रेटी बनेकी छिन्।

सन् २००९ मा ट्विटरमा आएकी केटीले ट्विटरमा दस करोड फलोअरको आंकडा पार गरेकी हुन। यो आंकडा ट्विटरको दुनियामै पहिलो पटक कटेको हो।

अहिलेसम्म केटीले ८५०० भन्दा बढी ट्विट गरिसकेकी छिन्।

ट्विटरमा सबैभन्दा बढी फलोअर हुनेमा केटी पछि पप गायक जस्टिन बीबर छन्। उनलाई ९ करोड ६५ लाखले फलो गरेका छन्। अमेरीकाका पूर्व राष्ट्रपति बाराक ओबामाको पनि ९ करोड ६ लाख भन्दा बढी फलोअर छन्।